केही वर्षयता अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, फ्रान्सलगायत विकसित मुलुक जानेहरुको लर्को छ । यहाँ प्लस टु सकिएपछि उच्च शिक्षा हासिल गर्न भन्दै लाखौं खर्चिएर नेपाली युवाहरु यी विकसित देश गइरहेका छन् । यसरी पढाइका निम्ति विशेष गरी अमेरिका, अस्ट्रेलिया जाँदा पहिल्यै आफ्नो अभिभावकको नाममा भएका सम्पत्ति विवरण देखाउनुपर्छ । आफ्ना सन्तानलाई त्यहाँ पठाउन अभिभावकहरु पनि आफ्नो यति